काठमाडौं, १३ चैत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेको सुन आज पनि २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्