जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १८:००

सुपर माई हाइड्रोपावरले पहिलो दिनमै सर्वाधिक कमायो


काठमाडौं, १३ चैत । नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कुल २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ ।

सुपर माई हाइड्रोपावरले पहिलो दिनमै शिर्ष स्थानमा पर्न सफल भएको छ । उक्त हाइड्रोपावरको आजदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार सुरु भएको छ । ‘एसएमएच’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ ।

सेयर बजार बन्द भएपश्चात हाइड्रोपावरमा करिब १० प्रतिशतले मूल्य बढेको छ । यसको पहिलो कारोबार प्रतिकित्ता ३९१ रुपैयाँमा सुरु भएको र सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार भएको हो । कारोबारको आधारमा नेप्सेले तोकोको ओपनिङ रेन्ज भन्दा ३९.१० अंकले बढेर ४३०.१० विन्दुमा अडिएको छ ।