जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १९:५७

नत्र देश जोगाउन गाह्रो छ : केपी ओली


गुल्मी, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बचाउन र बनाउन आगामी चुनावमा एमालेकाे बहुमत चाहिने बताउनुभएकाे छ ।साेमबार गुल्मीकाे तम्घासमा आयाेजित पार्टीकाे मिसन ग्रासरुटसम्बन्धी कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले बहुमत नहुँदा पटक-पटक सरकारबाट बाहिरिनुपरेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘हामी नभत्काइन, नढालिन, दह्राे हुन, विजयी हुन, पराजित नहुन, याे देश बचाउन, याे देश बनाउन एमालेकाे बहुमत चाहिन्छ ।’ एमालेकाे बहुमत बनाउनका लागि एमालेलाई बलियाे राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे, ‘एमालेकाे बहुमत बनाउनका लागि हामीले एउटा बलियाे राष्ट्रिय शक्तिकाे निर्माण गर्नुपर्छ, अनिमात्रै हामी देश बचाउन सक्छाैं, जाेगाउन सक्छाैं, नत्र भने देश बचाउन, जाेगाउन गाह्राे छ ।’

अध्यक्ष ओलीले देशमा राजनीतिक स्थिरताका लागि पहलकदमी लिएपनि तत्कालीन गठबन्धन दल मिलेर एमालेसहितकाे समीकरण भत्काएका बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यदि हामीसँग बहुमत भएकाे सरकारबाट ढाल्न सक्ने थिएनन्, वनबास नभएपछि रामचन्द्रले मान्छेकाे फाैज थिएन, बाँदर लानुपरेन लंका ? बहुमत नभएपछि त हनुमान बाँदर जे भेटिन्छ, लिएर चल्नुपर्यो, अस्ती पनि काेशिस गर्यौं, तर बाँदरकाे हातमा नरिवल, फेरि भत्काए दुनियाँ मिलेर ।’

अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खाेल्न षड्यन्त्र गर्ने, एमालेलाई थाहै नदिइ एमसीसी र एसपीपी ल्याउने, भित्रभित्र षड्यन्त्र गर्ने काम प्रतिक्रियावादीहरुले गरेका बताउनुभयाे । मान्छे नै नभएकाे ठाउँमा विश्वविद्यालय खाेल्न खाेजिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।

देशलाई हरेक संकटबाट पार लगाउन र एमाले विरुद्ध भइरहेका भइरहेका षड्यन्त्रलाई पराजित गर्नका लागि बलियाे राष्ट्रिय शक्ति निर्माण आजकाे आवश्यकता अध्यक्ष ओलीले बताउनुभयाे ।

अरु दलहरु बलियाे राष्ट्रिय शक्ति निर्माण हुन नदिने र एमालेलाई बहुमत ल्याउन नदिने षड्यन्त्र गरिरहेका उहाँले बताउनुभयाे । – ‘अरु जाे प्रधानमन्त्री भएपनि हाेस्, तर केपी ओलीलाई प्रधानमन्त्री बन्न कुनै हालतमा नदिने, किनभने केपी ओली भइहाल्याे भने त २-३ वर्षमा वायुपंखी घाेडा उडेजसरी विकासकाे काम त अगाडि उड्दाे रहेछ, त्यसाे भएर आत्तिएका छन् ।’

आराेप लगाउने कुनै कुरा नभएपछि एमाले विरुद्ध अनर्गल प्रचार र भ्रम फैलाउने काम विराेधीहरुले गरेका उहाँले बताउनुभयाे । पहिला पहिला ६० वर्षमाथिकालाई कम्युनिष्टले गाेली हानेर मार्छन् भनेर भ्रम फैलाउने गरिएकाे अध्यक्ष ओलीले स्मरण गराउनुभयाे ।

अध्यक्ष ओलीले कम्युनिष्ट सरकार बनेर ज्येष्ठ नागरिक भत्ता दिन थालेपछि विराेधीहरुकाे मुखमा बुझाे लागेकाे उहाँले बताउनुभयाे । कतिपयले कनिका छरेझैँ छर्‍याे भनेर विराेध पनि गरेका सुनाउँदै अहिले उस्तै परे एक घरमा बुढाबुढी भए दुवै जनाकाे भत्ताले गर्जाे टर्ने समेत बताउनुभयाे ।