जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार १३:०२

एक हजार रुपैयाँले घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, १४ चैत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । यसअघि सोमबार २०० घटेको सुन आज एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला १ लाख ९ हजाररुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।