जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार १२:२७

एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ


काठमाडौं, १७ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।