काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा इतिहासमा नयाँ रेकर्ड बन्नेगरी काम गर्ने बताएकै दिन यता एक मन्त्रिले राजीनामा दिनुभएको छ । उसो छ तिन महिनामा सातौं पटक आज मन्त्रिपरिषद् विस्तार भएको भएपनि पूर्णता भने अझै पाएको छैन ।
आज प्रधानमन्त्री प्रचण्डले जिम्मेवारी लिएको करिब ९७ दिन भयो । यस बीचमा केही काम नभएको आलोचना समेत भइआइरहेको छ । तर उहाँले आजै एक कार्यक्रममा आफ्नो सरकारको पालामा केही रेकर्ड बनाउने कोसिस भइरहेको बताउनुभएको थियो ।
यता सरकारमा मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ । उहाँले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई खानेपानीमन्त्रीबाट राजीनामा बुझाउनुभएको हो । जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि उहाँले राजीनामा दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्