जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार १६:१०

नवनियुक्त मन्त्रीहरूले लिए शपथ


काठमाडौं, १७ चैत । नवनियुक्त मन्त्रीहरूले आज शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउनुभएको हो ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री, प्रकाशशरण महत अर्थ, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विकास, जसपा नेता अशोककुमार राई शिक्षा, लोसपा नेता शरदसिंह भण्डारी श्रम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री बन्नुभएको छ ।

माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जा, माओवादीकी रेखा शर्मा सञ्चार, माओवादीकै सुदन किराती संस्कृति, माओवादीकै अमनलाल मोदी संघीय मामिला, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग, कांग्रेसकी सीता गुरूङ सहरी विकास, संस्कृति राज्यमन्त्री माओवादीकी सुशीला सिर्पाली ठकुरी मन्त्री बन्नुभएको छ ।

नेपाली कांग्रेसले ८ मन्त्रालय पाएकोमा ४ मन्त्री अझै पठाएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले कानून, परराष्ट्र, युवा तथा खेलकुद, वन र स्वास्थ्य मन्त्रालय आफैँसँग राख्नुभएको छ । यसैबीच आज जनमत पार्टीका अब्दुल खानले पनि खानेपानी मन्त्रीबाट राजीनामा दिनुभएको छ ।