जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार १८:३८

सौर्य सिमेन्ट उद्योगमा चट्याङ लागेर ट्रक चालकको मृत्यु


सिरहा, १७ चैत । सिरहामा चट्याङ लागेर एक जना ट्रक चालकको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका–१ मा रहेको सौर्य सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना. ५ ख ३७२१ नम्बर ट्रकका चालक रौतहट चन्द्रपुर–८ का ४३ वर्षिय नेत्रप्रसाद गौतम (कुमार) को मृत्यु हो ।

ट्रकमा तिरपाल बाँधिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते गौतमको कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।