जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार १७:०१

तनहुँ–१ मा खनाल र चितवन–२ मा न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय


काठमाडौं, १८ चैत । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि चितवन २ र तनहुँ १ को उम्मेदवार चयन गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले तनहुँ–१ मा सर्वेन्द्र खनाललाई र चितनव–२ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारामा भने एमाले उम्मेदवार छानेको छैन । बाराको उम्मेदवारबारे छलफल गरेर टुङ्ग्याउने एमालेले जनाएको छ ।

वैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । चितवन–२ मा रास्वपा अध्यक्ष रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उक्त क्षेत्र खाली भएको थियो । त्यस्तै बारा–२ बाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपति र तनहुँ–१ बाट निर्वाचित कांग्रेसका रामचन्द्र रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली हुन पुगेको थियो । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची रहेको छ ।