जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार १८:५७

लायन क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं, १८ चैत । लायन क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको बसुन्धरामा लायन नारायण रेग्मीको अध्यक्षतामा सम्पन्न सभामा क्लबले विगतमा गरेको विभिन्न कार्यक्रमहरुको समिक्षा गर्दै सम्पन्न गरेको हो । सभाका प्रमुख अतिथि तथा प्रतिनिति सभा सदस्य माननिय पदम गिरीले क्लबको प्रशंसा गर्दै नाम अनुसार काम भएको भन्दै शुभकामना दिनुभयो ।

निवर्तमान स्वास्थ्य मन्त्री समेत रहेका नेता गिरीले सो अवसरमा बोल्दै क्बले सबैलाई संगठीत गरेकोमा खुशि व्यक्त गरे । सांसद गिरीले लायनको टिमसँग हातेमाले गर्दै अघि बढ्ने प्रतिवद्धा समेत व्यक्त गरे । सो अवसरमा लायन वर्ष २०२३ र २४ का लागि नारायण सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको निवार्चन सह संयोजक लायन हरिप्रसाद तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै एलसिआइफ एरिया लिडर लायन राजन लम्साल विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रममा उनलाई लायन्स महापुरुष सम्मान २०७९ बाट सम्मानित गरियो । उहाँले डिस्ट्रिक ३२५ आईमा सिद्धार्थ गौतम वुद्ध क्लवले छुट्टै पहिचान बनाउन सफल रहेको वताउँदै क्लबको नेतृत्वको प्रशंशा गर्नुभयो । कार्यक्रममा पुर्व डिस्ट्रक गभर्नर लायन मन वहादुर रोका, चिफ एडाईजर लायन पार्वती खरेल, जनार्दन फुयाल, राजु चालिसे, विष्णु प्रसाद भण्डारी र महेश वस्नेतले क्लवको खुलेर प्रशंसा गरेका थिए ।

लायन क्लब सम्बद्ध विभिन्न विशिष्ट व्यक्ति तथा अतिथिहरुको उपस्थिती रहेको कार्यक्रममा लायन वर्ष २०२२ २३ को समिक्षा, लायन क्लब अफ सिद्धार्थ गौतम बुद्ध इनलाइटनको उद्घाटन तथा यसै क्लब अन्र्तगतको लियो क्लबको प्रमाणपत्र हस्तातरण पनि गरिएको थियो । कार्यक्रममा लायनसँग सम्बन्धित समाजसेवी व्यक्तित्वहरुलाई सम्मान, प्रशंसा र कदरपत्र प्रदान गरिएको थियो ।