जनता टाइम्स

१९ चैत्र २०७९, आईतवार १२:४१

सुनको मूल्य घट्दा चाँदीको बढ्यो


काठमाडौं, १९ चैत । नेपाली बजारमा सुनको मूल्य आइतबार घटेको छ । शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।