काठमाडौं, चैत १९ । नेपाली कांग्रेसले बारा–२ का नेता कार्यकर्तामाथि गम्भीर घात गरेको छ । कांग्रेसले उपचुनावमा आफ्नो उम्मेदवारी नउठाई कार्यकर्तामाथि गम्भीर घात गरेको हो ।
कांग्रेसले उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जसपा अध्यक्ष यादवको उम्मेदवारीलाई समर्थन गर्दै पार्टीले आफ्नो उम्मेदवार नउठाउने कांग्रेसले निर्णय गरेको हो ।
आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले बारा–२ मा यादवलाई समर्थन गर्दै चितवन–२ र तनहुँ–१ मा पनि गठबन्धनबाट साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेसले चितवन २ मा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । गठबन्धनमा श्रेष्ठ र भट्टराईलाई समर्थन जुटाउने निर्णय पनि कांग्रेसले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्