जनता टाइम्स

२० चैत्र २०७९, सोमबार ०८:०४

ट्याक्टर पल्टेर एक जनाको मृत्यु


सप्तरी, १९ चैत । सप्तरीको बोदेबर्साईन नगरपालिका बार्ड नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन(१ धनगढी बस्ने अन्दाजी २२ वर्षीय पँकज यादव रहेका छन् ।

अइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको प्र(२(०१(००१ त २५१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाई छ ।