जनता टाइम्स

२० चैत्र २०७९, सोमबार ०८:०६

जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान


सप्तरी, १९ चैत । जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरी ९ वर्षमा पक्राउ गरि प्रहरीले आइतबार कारागार चलान गरेको छ ।

जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला भएको साविक सप्तरी मलेठ गाविस(७ हाल राजविराज नगरपालिका(९ वस्ने अकवर मिया ४२ वर्षीय छोरा जावुल मियालाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले बताए ।

सोही ठाउँका कौसिला कुमारी रामले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०७० चैत २० गते दिन मियालाई ६ वर्ष कैद हुने गरी फैसला गरेपछि उनी फरार रहेका थिए ।