जनता टाइम्स

२१ चैत्र २०७९, मंगलवार १२:०८

एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, २१ चैत । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो । यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।