काठमाडौं, चैत २१ । नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा पासाङ शेर्पा निर्वाचित हुनुभएको छ।
महासंघको दोस्रो महाधिवेशनले सर्वसम्मतरूपमा पासाङलाई अध्यक्ष र पेम्बा गुरुङ भोटेलाई महासचिव चयन गरेको हो ।
महासंघको उपाध्यक्षमा मीना गुरुङ, विजय लोप्चन, देवनारायण चौधरी र ज्ञानेन्द्र पुन सर्वसम्मत भएका छन् भने उपमहासचिवमा देवराजराई र प्रेम श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
आठजना सचिवमा महिलाबाट हिरुसरा राना, मधेसबाट सर्लाहीकी शान्ति लामा पाख्रिन, बागमतीबाट मन्दिरा श्रेष्ठ, कर्णालीबाट सोनाछिरिङ लामा, कोशीबाट श्याम तुमरोक, बागमतीबाट हर्कमान तामाङ, गण्डकीबाट हुम गुरुङ, लुम्बिनीबाट विवेक श्रेष्ठ चयन हुनुभएकोछ ।
महासंघको कोषाध्यक्षमा ज्योती लामा चयन हुनुभएको छ । महाधिवेशनबाट २२१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ ।













प्रतिक्रिया दिनुहोस्