जनता टाइम्स

२२ चैत्र २०७९, बुधबार १२:०३

धितोपत्र बोर्डको अनुमतिः थ्रीस्टार हाइड्रोपावरले आईपीओ बिक्री गर्न पाउने


काठमाडौं, २२ चैत । थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले दुई चरण गरि आईपिओ निष्काशन गर्ने छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ ।

त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ । कम्पनीले कुल १२ लाख ३१ हजार २५० कित्ता सेयर बिक्री गर्ने अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।