जनता टाइम्स

२२ चैत्र २०७९, बुधबार १९:००

कालिकोटबाट पृथ्वीसुब्बा गुरूङको उदघोष : अब माओवादी केन्द्र सकियो, त्यसको भ्रममा नपर्नोस


कालिकोट, चैत २२ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा नेकपा एमालेबाहेक अरु कम्युनिष्ट पार्टी नरहेकोबताउनुभएको

कालिकोटको तिलागुफा नगरपालिकामा आज आयोजित जनभेलालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्टको आवरणमा अरु धेरै पार्टी खडाभए पनि नेपालमा सच्चा कम्युनिष्ट पार्टी एमालेमात्रै भएको बताउनुभएको हो

तर, कालिकोटका जनतालाई जंगलको बाघजस्तो एमालेभन्दा घरको बिरालोजस्तो माओवादी अन्य पार्टीहरू बलियो हुन्छ भन्ने भ्रमपरिरहेको एमालेलाई चिन्न नसकेको चर्चा गर्दै उहाँले अब माओवादी केन्द्र सकिएको त्यसको भर नपर्न आग्रह गर्नुभयो

कार्यक्रममा उहाँले कांग्रेस, माओवादी, मजदुर किसान पार्टी राप्रपालगायत पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका दर्जनौं नेतातथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्नुभयो

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्यद्वय गोरख बोगटी डा. शिवमाया तुम्बाहाम्फे, नेकपा एमाले केन्द्रीय सदस्य नगेंद्र शाही, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो