जनता टाइम्स

२४ चैत्र २०७९, शुक्रबार १३:४२

सुनको भाउ घट्यो, चाँदीको बढ्यो


काठमाडौं, २४ चैत । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बिहीबार ८०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५०० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहिबार छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रुपैयाँ कायम रहेको थियो ।