जनता टाइम्स

२४ चैत्र २०७९, शुक्रबार १४:४६

मेयर प्रेमलाल साहविरुद्ध पक्राउ पुर्जी जारी


रौतहट, २४ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उनीविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

साहको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह बिहीबार पक्राउ परेपछि आज जिल्ला अदालतले मेयर साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अनुसन्धानका क्रममा मेयर साहको नाम आएकोले छानबिन गर्नु परेकोले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको प्रहरीले जनाएको छ । मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।