काठमाडौं, २५ चैत्र । बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि कडा टिप्पणी गर्नुभएको छ । सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक–पटक कडा टिप्पणी गर्दै आउनुएको हो ।
त्यसै क्रममा उहाँले आज बिहान आफ्नो फेसबुक पेज र एकाउन्टमा फरकफरक टिप्पणी गर्नुभएको छ।आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्नुभएको मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप समेत लगाउनुभएको छ ।
‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उहाँले प्रश्न समेत गर्नुभएको छ, ‘नेपाल स्वाधीन कहिले हुने ? ’ मेयर साहले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सफल भएन । केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ ।यसअघि रवि लामिछाने गृहमन्त्री हुँदासमेत यस कार्यलाई तत्काल सहयोग गर्न नसकिने बताएका थिए ।














प्रतिक्रिया दिनुहोस्