जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार १६:०२

मुकुन्द न्यौपानेको खुलासा : नेकपा एस भन्ने पार्टी रहन्न, सवै नेता–कार्यकर्ता एमाले फर्कने तयारीमा छन


काठमाडौं, चैत २५ । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता मुकुन्द न्यौपानेले नेकपा एमाले नेतृत्वको कम्युनिष्ट पार्टी मात्रै मुलुकमा रहने उदघोष गर्नुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ नेता न्यौपानेले नेकपा एकीकृत समाजवादी पार्टीको भविश्य सकिएको घोषणा गर्दै अव सो पार्टीमा आबद्ध गाउँदेखि केन्द्रसम्मका सवै नेता– कार्यकर्ताहरू नेकपा एमालेमै फर्किने तयारीमा रहेको खुलासासमेत गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरेको र केवल कुर्सी हत्याउनका लागि पार्टी नेतृत्व कम्युनिष्ट आन्दोलन र राष्ट्रियताबिरोधी अभियानमा लागेकोले विद्रोह गरेको घोषणा गर्दै बरिष्ठ नेता न्यौपानेले नेकपा एसका सवै नेता–कार्यकर्ताहरु एमालेमा फर्कने तयारीमा रहेको खुलासा गर्नुभयो ।

‘नेकपा एकीकृत समाजवादी पार्टीको भविश्य छैन भन्ने तथ्य प्रमाणित भइसकेकोले अव गाउँदेखि केन्द्रसम्म रहेका सवै नेता कार्यकर्ताहरु एमालेमै फर्कने तयारी गरिरहेका छन, यो पार्टी रहँदैन भन्ने तथ्य सवैले बुझिसकेका छन,’ आज आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादी परित्याग गरेको घोषणा गर्दै न्यौपानेले भन्नुभयो, ‘कुनै भविश्य नरहको र कुर्सी हत्याउनका लागि जे पनि गर्ने नेतृत्वको पछि लाग्नुहुन्न भन्नेमा सवै प्रष्ट छन, भविष्य नरहेको पार्टीमा किन बस्ने भन्ने निश्कर्षका साथ देशभरका नेता कार्यकर्ताहरू समेटेर आफू पनि एमालेमा समाहित हुने न्यौपानेले बताउनु भयो ।

न्यौपानेले तत्काल आफूले स्वतन्त्र रहेर सबैतिर संयोजन गरेको र चाँडै मिति तय गरेर एमालेमा एकीकृत हुने जानकारी दिनुभयो । ‘नेकपा एकीकृत समाजवादीमा ठूलो संख्यामा नेताहरु पार्टी परित्यागको तयारीमा हुनुहुन्छ, त्यो पार्टीमा बसेर आफ्नो भविश्य वर्वाद पार्नुभन्दा कुनै काम हुन्न भन्ने सन्देश आजबाट मैले दिएको छु, देशभरका सवै साथीहरु समेटेर हामी एमालेमा एकीकृत हुनेछौं,’ न्यौपानेले भन्नुभयो ।

बरिष्ठ नेता न्यौपानेले सम्मानित नेता झलनाथ खनाल पनि माधव नेपालको कार्यशैली र दक्षिणपन्थी सोचप्रति असहमत रहेको भन्दै एमालेले सम्मानित नेताको दर्जामा राम्रो सम्मान दिए नेकपा एसको दुई तिहाइ शक्ति त्यहाँबाट अलग हुने बताउनु भयो ।

सांसद भएकाहरूलाई नौ नौ महिनामा मन्त्री दिने भनेर फकाएर राखिएको भन्दै न्यौपानेले यो गठबन्धनको भविश्य पनि नरहेको बताउनु भयो । ‘कसैको दिमागमा कुर्सी भन्दा बाहिर मैले केही पनि देखन, यो गठबन्धनले मिलेर बाँडीचुँडी खाने मात्रै उदेश्य राखेको छ, त्यसैले यस्को भविश्य छैन,’ न्यौपानेले भन्नुभयो । न्यौपानेले ‘अवको बाटो एमालेसँगको एकता : एक देश, एक कम्युनिष्ट पार्टीको आवश्यकता’ भन्ने आफूहरुको नीति रहेको बताउनु भयो ।

‘मैले २०७९ माघ २१ र २२ गते बसेको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणासहित ३३ बुँदे फरक मत राखी छलफलको माग गरेको थिएँ । हालसम्म कुनै पनि छलफल नभएकोले सो पार्टीमा मजस्तो बिगत ५४ बर्षको राजनीतिक जीवनमा यात्रा गरेको कम्युनिष्ट कार्यकर्ता बिधि, पद्धती, पक्रिया र साँगठानिक ढाँचा अनुरुपको पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ भन्ने सोचका साथ लेनिनले १९९७ भनेका बाक्य स्मरण गर्दै भविश्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो भन्ने अभिसायलाई आत्मसाथ गर्दै म आजका मितिद २०७९ साल चैत २५ गतेदेखि यस पार्टीको साधरण सदस्यसमेत तथा सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछु,’ पत्रकार सम्मेलनमा नेता न्यौपानेले भन्नुभयो ।

सुन्नोस भिडियो