जनता टाइम्स

२५ चैत्र २०७९, शनिबार १६:४७

सभामुखको कार्यकक्षमा छलफलमा जुटे प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेता, यस्तो छ एजेण्डा


काठमाडौं, २५ चैत । सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटघाट भएको छ । अपरान्ह् ४ बजे भनिएको भेट केही समयअघि मात्रै भएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र सभामुख देवराज घिमिरेको भेटघाट भएको हो । भेटघाटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।