जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार १७:१९

अर्थ मन्त्रालयले माग्यो बजेटका लागि सुझाव


काठमाडौं, चैत २६ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/०८१ काे बजेट तथा कार्यक्रमका लागि सुझाव मागेकाे छ ।

बजेट तथा कार्यक्रमका लागि सुझाव पठाउन मन्त्रालयले विभिन्न संघ-संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकलाई विज्ञप्तिमार्फत आग्रह गरेकाे छ ।

बजेट तथा कार्यक्रममा समेट्नुपर्ने विषयसम्बन्धी सुझाव वैशाख १५ गतेभित्र पठाइसक्न मन्त्रालयले अनुराेध गरेकाे छ । सुझाव इमेल ([email protected]) मार्फत पनि पठाउन सकिने सूचनामा उल्लेख छ ।

जेठ १५ गतेभित्र संघीय सरकारले संघीय संसद्‍मा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।