धादिङ, चैत २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नबनेसम्म देश नबन्ने ठोकुवा गर्नुभएको छ । धादिङको रुवी भ्यालीमा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले एमालेको सरकार बाह्य शक्तिले जोडजाम नगरेर नभएर जनताले नै बनाउने बताउनु भयो । ‘बहुमत नहुनु बेग्लै कुरा हो । तर, अहिले पनि संसद र सबै प्रदेशमा बलियो पार्टी एमाले नै हो । त्यसैले अर्को निर्वाचनमा हामी सबै मिल्दा पनि एक्लै बहुमत आउने गरी काम गर्नुपर्छ । त्यसैले मिसन ग्रासरुट अभियान चलाएका छौं,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले एमाले सिध्याउने षड्यन्त्रका साथ घेराबन्दी हुँदा समेत पहिलो पार्टी बनेको बताउनु भयो । अध्यक्ष ओलीले अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएकाले धेरै विकासको बजेट आउने अपेक्षा गर्न नसकिने तथ्य पनि राख्नुभयो ।
अध्यक्ष ओलीले द्वन्दकालका पीडितहरुको आवाज एमालेले सुन्ने बताउनु भयो । ‘द्वन्दपीडितको आवाजहरु एमालेले सुन्छ, यो देश अरुले बनाउन सक्तैन, एमाले नै चाहिन्छ, एमालेले नै देश बनाउँछ,’ अध्यक्ष ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्