काठमाडौं, चैत २७ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर काठमाडौं महानगरपालिका प्रमुखले भन्न मिल्छ ? भन्दै आक्रोश पोख्नुभएको छ ।
सोमबार बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर काठमाडौं महानगर प्रमुखले सार्वजनिक रूपमा र सामाजिक सञ्जालबाट भनेकोमा कडा आपत्ति जनाउनु भयो ।
‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? तपाईंहरूलाई के लाग्छ ?,’ श्रेष्ठले भन्नुभयो, ‘अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’
मेयर शाहले सिंहदरबारको फोहोर नउठाउने केही दिनअघि फेसबुकबाट घोषणा गर्नुभएको थियो । शाहले संघीय सरकारले स्थानीय सरकारका कुरा नसुनेको र समन्वय नगरेको आरोपसमेत लगाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्