दाङ, चैत २७ । नेकपा एकीकृत समाजवादी दाङका सचिव डिल्ली डाँगी आफ्नै भ्रातृ संगठनको जिल्ला अध्यक्षबाट कुटिनु भएको छ ।
डाँगीलाई नेकपा एकीकृत समाजवादी निकट युवा संघका दाङ अध्यक्ष जविन रानाले शनिबार बेलुकी तुलसीपुर बजारमै कुटपिट गरेका हुन । मापसे गरेर आएका रानाले आफूमाथि कुटपिट गरेको डाँगीले बताउनु भयो ।
रानाको कुटाइबाट डाँगीको आँखामा चोट लागेको छ । उहाँले रानामाथि कारबाहीको माग गर्दै जिप्रकामा उजुरी दिनुभएको छ । डाँगीको उजुरीका आधारमा रानालाई पक्राउ गरिएको छ ।
प्रहरी स्रोतका अनुसार रानाविरूद्वको उजुरी दर्ता नगर्न नेकपा एसका नेताले दबाब दिएका छन् । कुटिएका डाँगी भने रानालाई कानूनी कारबाही हुनुपर्ने अडानमा हुनुहुन्छ । राना नेकपा एसका दाङ इन्चार्ज जोगबहादुर रानाका छोरा हुन् ।













प्रतिक्रिया दिनुहोस्