जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १७:१४

राष्ट्रको स्वाभिमान र देशको रक्षाको निम्ति युवा संघ टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्छ : विष्णु पौडेल


नेपालगंज, चैत २७ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सही विचार सक्षम नेतृत्वले मात्र संगठनलाई अघि बढाउन सक्नेबताउनुभएको

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार नेपालञ्जमा सम्बोधन गर्दै पौडेलले सबै कुरा हुँदा पनि नेतृत्व सहीभएन भने संगठन गन्तव्यमा नपुग्ने बताउनुभयो

राष्ट्रिय युवा संघ नेपाललाई सही गन्तव्यमा पुर्‍याउन महाधिवेशनले सही नेतृत्व छान्ने पौडेलले विश्वास व्यक्त गर्नुभयो युवा संघले सबैविधाका युवालाई नेतृत्व दिन सक्ने उहाँले प्रष्ट पार्नुभयो

सबै सृजनशील युवाको आशा भरोसाको केन्द्र राष्ट्रिय युवा संघ नेपाल हुने पर्ने उहाँले बताउनुभयो हरेक वर्ग, क्षेत्र समुदायकायुवाको प्रतिनिधित्व राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्ने उहाँले जोड दिनुभयो अनेक विधाका युवाको नेतृत्व राष्ट्रिय युवा संघ नेपाललेगर्नुपर्दछ’, उहाँले भन्नुभयो

देशलाई जुन हिसाबले अघि बढाइँदै त्यसको विरुद्ध राष्ट्रिय युवा संघ नेपाल रातो फेटा बाँधेर सडकमा निस्कनु पर्ने अवस्था आउनेउहाँले बताउनुभयो

राष्ट्र, राष्ट्रको स्वाभिमान देशको रक्षाको निम्ति राष्ट्रिय युवा संघ नेपाल टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्ने स्थिति आउन सक्छ’, उहाँले भन्नुभयो

पौडेलले वर्तमान आपराधिक गठबन्धनको विरुद्ध सडकमा उत्रनु पर्ने अवस्था आउने बताउँदै त्यसको लागि तयार गर्नुपर्ने बताउनुभयो

उहाँले अहिलेको गठबन्धन एमालेको विरुद्धको गठबन्धन भएको बताउनुभयो एमाले सबै खालका गठबन्धनलाई एक्लै परास्त गर्नसक्षम रहेको उहाँले बताउनुभयो

अस्थिरताको चक्रव्यूहमा मूलकलाई लैजाने काम यही गठबन्धनले गरेको उहाँले दाबी गर्नुभयो

एउटा दलले एकल बहुमत नल्याएसम्मदेशमा स्थिरता नल्याउने उहाँले बताउनुभयो देशमा एकल बहुमतको सरकार एमाले बाहेक अरूले बनाउन नसक्ने उहाँले दाबी गर्नुभयो