नेपालगञ्ज, २७ चैत । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय अधिवेशन नेपालगञ्जमा जारी छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको अधिवेशनको अहिले बन्द शत्र चलिरहेको छ । बन्द शत्र मा सोमबार अध्ष्इ मण्डलको गठन हुने र केही नेताले सम्वोधन गरेपछि स्थगि हुने बताइएको छ ।
बन्द शत्रमा राजनीतिक, आर्थिक र संगठनात्मक प्रतिवेदन मंगलबार प्रस्तु्त गरिने भएको छ । मंगलबार नै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहेको इञ्चार्ज महेश बस्नेतले बताउनु भएको छ । यदी सर्वसम्मत हुन नसकेर चुनाव नै गर्नु पर्ने अवस्था आए पनि मंगलबार रातभरी लगाएर निर्वाचन सम्पन्न गर्ने तयारी रहेको नेता बस्नेतले बताउनु भएको छ ।
अध्यक्ष एक जनामा तीन आकाँक्षी, महासचिव एक जनामा पाँच आकाँक्षी भएकाले केही असहज स्थिति रहेको बताउँदै नेता बस्नेतले बुधबारको बास नेपालगञ्जमा नवस्ने गरी अधिवेवेशनको समापन गरिने दावी गर्नु गर्नु भएको छ । सर्वसम्मत नेतृत्व चयन हुनेमा आफू ९० प्रतिशत आशावादी रहेको नेता बस्नेतले बताउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्