बाँके, चैत २८ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले केपी ओली युवा प्रतिभा पुरस्कार नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई प्रदान गरेको छ ।
सोमबारदेखि बाँकेको नेपालगञ्जमा सुरु भएको युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पौडेललाई केपी ओली युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा एमाले अध्यक्ष ओलीले नै रोहित पौडेललाई सो सम्मान प्रदान गर्नुभएको थियो । सो पुरस्कारको राशी १ लाख रुपैयाँ छ ।













प्रतिक्रिया दिनुहोस्