जनता टाइम्स

२८ चैत्र २०७९, मंगलवार ०६:१९

हुम्लामा मिसन ग्रासरुटले थप्यो नयाँ उर्जा


हुम्ला, चैत २८ । नेकपा एमालेद्वारा संचालीत मिसन ग्रासरुट अभियान को समिक्षा बैठक सम्मपन्न भएको छ । बैठकले अभियानको समिक्षा गरेको छ। सातवटै पालिकाको प्रतिवेदनहरुमाथि छलफल गरी जिल्लाको प्रतिवेदन बनाईएको छ ।

अभियानमा खटिनुभएका एमाले केन्द्रीय सदस्य निरज आचार्यका अनुसार अभियान अत्यान्तै उत्शाह पुर्ण भएको हजारौ हुम्ली जनताको वीचमा पार्टीका विचारहरु पुर्याउन सफल भएको, हुम्लाका आर्थिक, सामाजिक, राजनीतिक मुद्दाहरु उजागर गरेको, सात वटा पालिका, ४४ मध्य ४३ वटा वडा र ५५ वटा टोलमा पार्टी संगठन विस्तार गर्ने पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण जस्ता महत्वपूर्ण उपलब्धिहरु भएका छन ।

अभियानकै दौरानमा जेष्ट कम्युनिष्ट मन्चका सदस्यहरुलाई सम्मान र विभिन्न अन्तकृया कार्यक्रमहरु भएका छन । यस अभियानमा खटिएका र अभियानलाई सहयोग गर्ने संम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । अभियानको नेतृत्व गर्नु भएका केन्द्रीय कमिटी सदस्य निरज आचार्य, डम्बर बहादुर सिह र केन्द्रीय प्रतिनिधि लंक बहादुर शाही लाई जिल्ला कमिटी हुम्लाले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।

पार्टी अध्यक्ष कलबहादुर हमाल, उपाध्यक्ष डबल रावत, सचिव तिर्थराज बोहरा उपसचिव झलक ढकाल लगायत प्रदेश र जिल्लाका नेताहरुले विदाई गर्नुभएको थियो ।