काठमाडौं, चैत २८ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंक तथा वित्तिय क्षेत्रकाे अवस्था सुरक्षित रहेको बताउनु भएको छ।
चालु आर्थिक वर्ष ०७९/८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न नेपाल राष्ट्र बैंकले आज आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले नेपालका बैंक तथा वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको बताउनुभयो ।
तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जोखिम नआउने उहाँले प्रष्ट पार्नुभयो । । सबै वित्तीय संस्थाको तथ्यांक बलियो रहेको भन्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताउनुभयो ।
समग्रमा नेपालका वित्तीय संस्था र वित्तीय क्षेत्र सुरक्षित रहेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘सानोतिनो धक्काले कहिँकतै अप्ठ्यारो पर्ने अवस्था देख्दैनौं. राष्ट्र बैंकको नीति प्रयोगको कारण यो अवस्था आएको छ, अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको कमजोरी समेतलाई हेर्दा हामी अहिलेको अवस्थाले आगामी दिनमा क्रमशः सुधार हुँदै जानेछ भन्ने अपेक्षा छ ।’
बैंकहरुकाे पूँजी पर्याप्तता न्यूनतम आवश्यक अनुपात भन्दा बढी रहेकाे उहाँले बताउनुभयाे । ‘क’ वर्गका बैंकहरुको पुँजी पर्याप्तता १३ दशमलव ०१, ‘ख’ वर्गका बैंकहरुको १२ दशमलब ७१ र ‘ग’ वर्गका बैंकहरुको १७ दशमलब ०५ प्रतिशत रहेको गभर्नर अधिकारीले बताउनुभयाे । समग्रमा ३ वटै वित्तीय संस्थाकाे पुँजी पर्याप्तता अनुपात १३ प्रतिशत भन्दा माथि रहेकाे भन्दै गभर्नर अधिकारीले न्यूनतम आवश्यकता ११ प्रतिशत हुनुपर्ने बताउनुभयाे । ०७९ पुस मसान्तमा क वर्गका वाणिज्य बैंकमा प्रतिफल ११ दशमलव ११ प्रतिशत रहेकाे बताउनुभयाे ।
उहाँले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताउनुभयो । गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्था सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रमा आगामी दिनमा सुधार हुने बताउनुभयो ।
गभर्नर अधिकारीले बैंक र व्यवसायीलाई उच्च मनोबलसाथ काम गर्न आग्रह गर्नुभयो । उहाँले बैंक तथा वित्तीय संस्था तरलताको अभावको कारणले बच्नको लागि सहयोग पुगेको अवस्था रहेकाे बताउनुभयाे । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगको बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी बढेको अवस्था रहेकाे गभर्नर अधिकारीकाे भनाइ छ ।
गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे -‘गत असार मसान्तमा १२ सय १५ अर्ब सञ्चिति रहेकाेमा अहिले १४ सय १ अर्ब सञ्चिति पुगेकाे छ, जसले ९ दशमलव ४ महिनाकाे वस्तु तथा सेवाकाे आयात धान्न प्रर्याप्त हुने देखिन्छ ।’
मुद्रास्फीति केही हदसम्म नियन्त्रित र घट्दाे क्रममा रहेकाे उहाँले बताउनुभयाे । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको भन्दै उहाँले ब्याजदर केही माथि रहेको बताउनुभयो । मुद्रास्फीतिकै सन्दर्भमा थाेक मूल्य सूचकांक उल्लेख्य रुपमा कमी आएकाे भन्दै गभर्नर अधिकारीले अघिल्लाे फागुनमा १३ प्रतिशत रहेकाे र ७ दशमलव १० रहेकाे बताउनुभयाे ।
वैदेशिक व्यापार, आयात-निर्यात र समग्र व्यापार घाटाकाे वृद्धिदर ऋणात्मक रहेकाे उहाँले बताउनुभयाे । पछिल्लाे ४ महिनामा निरन्तर रुपमा १ अर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिरहेको जानकारी दिँदै गभर्नर अधिकारीले चालु आर्थिक वर्षको औषत रेमिट्यान्स ९९ अर्बप्रति महिना रहेकाे बताउनुभयाे ।
अघिल्लाे वर्षकाे तुलनामा सरकारको चालु खाता घाटामा सुधार भएको उहाँले बताउनुभयाे । फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा रहेकाे भन्दै उहाँले अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको र चालु खाता घाटामा उल्लेख्य सुधार भएको बताउनुभयाे ।
चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्स आप्रवाह १४ दशमलव ८ प्रतिशतले बढेकाे गभर्नर अधिकारीले बताउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्