जनता टाइम्स

३० चैत्र २०७९, बिहीबार १७:५३

किसान महासंघको राष्ट्रिय सम्मेलनमा देखियो रोचक दृष्य (फोटोफिचर)


झापा, चैत ३० । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलनमा नेताहरुको लर्काे लागेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा आजबाट सुरु भएको किसान महासंघको महासम्मेलनमा अध्यक्ष ओलीसहित एमालेका शीर्ष नेताहरु सहभागी हुनुभएको हो ।

सम्मेलनको उदघाटन समारोहमा अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अनुशासन आयोगका सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका अध्यक्ष केशव बडालसहित स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी सदस्यहरु झापा आइपुग्नु भएको हो । सम्मेलनमा निकै रोचक दृष्य पनि देखिएको छ ।

किसान महासंघका अध्यक्ष प्रेम दंगालले सवै नेताहरु महासम्मेलनमा सहभागी गराउने नीति अनुसार उदघाटन समारोहमा सहभागी हुन आमन्त्रण गर्नुभएको हो । कतिपय केन्द्रीय सदस्यहरु भने निम्तो नभए पनि नेताको पछि लागेर घुम्नका लागि झााि आएका हुन ।