जनता टाइम्स

१ बैशाख २०८०, शुक्रबार १३:११

शिक्षक संघमा हार्यो देउवाको टीम, संस्थपनइतरका गिरी निर्वाचित


काठमाडौं, बैशाख १ । नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित हनुभएको छ । गिरीले कांग्रेस सभापति शेरबहादुर देउवा समुहका उम्मेदवार गोकर्णबहादुर बानियाँलाई हराउँदै इतिहास रच्नुभएको हो ।

शिक्षक संघको अधिवेशनमा ६०७ मत खसेको थियो। गिरीले ३०५ मत ल्याएर निर्वाचित हुँदा बानियाँले २९८ मत पाउनु भयो । शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो।

यस्तै वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा धनकला भण्डारी निर्वाचित हुनुभएको छ । प्रदेशतर्फ उपाध्यक्षमा कोशी प्रदेशतर्फ वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशतर्फ उपाध्यक्षमा छोटेलालप्रसाद तेली शाह, बागमती उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमनारायण भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित हुनुभएको छ ।

महासचिव ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।