महाेत्तरी, २ वैशाख । चुरे संरक्षणमा योगदान पुर्याएबापत नागदेव यादव नेपाल सरकारबाट सम्मानित हुनुभएको छ । राष्ट्र गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएबापत यादवलाइ जनसेवा श्री पन्चम श्रेणीद्वारा विभूषित गरिएको हो । चुरे संरक्षणमा पुर्याएको योगदानको मूल्यांकन गर्दै नेपाल सरकारले राष्ट्रिय पुरस्कारबाट विभूषित गरेको हो ।
पुरस्कारले चुरे संरक्षणमा लाग्न थप हौसला प्रदान गरेको बताउँदै चुरे संरक्षण विज्ञसमेत रहेका यादवले भन्नुभयो,‘हामीले गरेको अभ्यास वास्तवमै सरकारले उत्कृष्ट ठहर्याएको छ ।’ जलवायु परिवर्तन तथा चुरे विनाशले मधेशको जनजीविकामा पारेको असरलाई मध्यनजर गर्दै यादवले विपन्न वर्गहरुलाई बगरमाथि खेती लगाउन सिकाउँदै आएका छन् ।
उहाँकै सहयोगले बाढीले बगर बनाएको नदीको तटीयक्षेत्रमा तरकारीदेखि अन्य नगदे बाली उत्पादन गर्न थालिएको छ । भूमिहीन किसानहरुलाई पहिचान गरि गौशालाको कुस्मारी, बर्दिबास, भंगाहा धनुषाको बट्टेश्वर र मिथिला अनि सिरहाको कर्जन्हा नगरपालिकामा बगरमा खेती गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्