जनता टाइम्स

३ बैशाख २०८०, आईतवार १५:४७

एमाले सांसद पन्तले प्रधानमन्त्री हराएको सूचना पढेपछि


काठमाडौं, बैशाख ३ । नेकपा एमालेका नेता तथा सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाउनु भएको छ ।

एमाले सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि व्यंग्य गर्दै प्रधानमन्त्री हराएको सूचना सुनाउनु भएको हो ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा पन्तले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढनु भएको थियो ।

यस्तो छ प्रधानमन्त्री हराएको सूचना

‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम : प्रचण्ड
स्थायी ठेगाना : फेरिराख्ने
अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’