जनता टाइम्स

३ बैशाख २०८०, आईतवार १५:५३

प्रधानमन्त्रीले गरे आठौं पटक मन्त्रिपरिषद बिस्तार, ५ मन्त्रालय अझै आफ्नो काँधमा


काठमाडौं, बैशाख ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

प्रधानमन्त्री नियुक्त भएको १११ दिनमा आज एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी प्रधानमन्त्री दाहालले आठौं पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो ।

आठौं पटकको बिस्तारमा नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएको छ । साउदले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभयो । यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिनुभएको छ ।

आठौं पटक प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरे पनि अझै ५ मन्त्रालय प्रधानमन्त्रीको काँधमा छ। आठौं पटक बिस्तार गर्दा नि अधुरो मन्त्रिपरिषदको रेकर्ड कायम गर्नेमा दाहाल पर्नुभएको छ ।