जनता टाइम्स

४ बैशाख २०८०, सोमबार १३:४९

सुन, चाँदीको भाउ स्थिर


काठमाडौं, ४ वैशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सोहि मूल्यमा सुनको भाउ निर्धारण भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।