जनता टाइम्स

५ बैशाख २०८०, मंगलवार १५:५८

सेयर बजार ३ अंकले घट्यो


काठमाडौं, ५ वैशाख । साताको तेश्रो कारोबार दिन आज पनि सेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ३ अंकले ओरालो लागेको हो । योसँगै सुूचक १९०४ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचकमा भने झिनो सुधार देखिएको छ ।

उक्त सूचकमा ०।१७ अङ्कले बढेर ३६३ विन्दुमा पुगेको छ । यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागि १९०८ विन्दुमा अडिएको थियो । सोहि दिन ९२ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ ।

तसर्थ अघिल्लो दिनको तुलनामा यो रकम कम हो । यसैगरी, नेप्से सुचकमा ६२ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको र १९ कम्पनी स्थिर रहेको छ । त्यस्तै, कारोबारको आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ करोड २६ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ ।

यसैगरि सिवम सिमेन्टको करिब ४ करोडको कारोबार भएको हो । आज सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ । आज कालिन्चोक दर्शन र मोलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।