जनता टाइम्स

५ बैशाख २०८०, मंगलवार १७:०४

एमालेमै फर्किए नेकपा एस त्यागेका जंगली


कास्की, बैशाख ५ । माधव नेपालबाट पार्टी नचल्ने निश्कर्ष सुनाउँदै नेकपा एकीकृत समाजवादी छाडनु भएका नेता चुँडामणि जंगली नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

मंगलबार नेकपा एमालेका संगठन विभाग प्रमुख एवं गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले नेता जंगलीलाई पार्टीमा स्वागत गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहनु भएका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिनुभएको थियो । राजीनामापछि जंगलीले माधव नेपालको नेतृत्वमा पाटी नचल्ने बताउनु भएको छ ।