जनता टाइम्स

६ बैशाख २०८०, बुधबार १०:४६

नेपालमै हुने उपचारका लागि भारततर्फ राष्ट्रपति


काठमाडौं, बैशाख ६ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारत लगिएको हो ।

त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थलमा राष्ट्रपति पौडेललाई बिदा गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तव पुग्नुभएको थियो । पौडेलको उपचार नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) अस्पतालमा हुनेछ ।

बिहान साढे ९ बजे भारत प्रस्थान गरिसक्ने भनिएपनि केही ढिलो भएको राष्ट्रपति सचिवालयले जनाएको छ । परिवारको आग्रहमा उहाँलाई थप उपचारका लागि भारत लगिएको हो ।

महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि राष्ट्रपति पौडेल मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । नेपाली चिकित्सकहरुले नेपालमै उहाँको उपचार संभव रहेको बताए पनि परिवारले भारत लगेको हो ।