जनता टाइम्स

६ बैशाख २०८०, बुधबार १५:१९

भाजपाका बिदेश बिाग प्रमुख चौथाइवाले भेटे एमाले अध्यक्ष ओली


काठमाडौं, बैशाख ६ । नेपाल भ्रमणमा रहनु भएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता गर्नुभएको छ । भेटमा दुई जनाबीचमा नेपालको समसामयिक राजनीतिलगायत अन्य विषयमा कुराकानी भएको छ ।

भाजपा बिदेश बिभाग प्रमुख चौथाईले यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।

सत्तारुढ दलका नेताहरुसँगको भेटबार्तापछि चौथाइवालेले प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग भेटबार्ता गर्नुभएको हो ।

 

चौथाइवालेको बुधबार पनि नेपालमा राजनीतिक भेटवार्तामा व्यस्त रहने कार्यक्रम छ । उनी बिहीबार नयाँ दिल्ली फर्कनेछन् ।

उनी वैशाख ३ गते धनगढीमा भएको मानसखण्ड सम्मेलन समापन समारोहमा सहभागी हुन सडकमार्गबाट नेपाल आएका थिए । उनी त्यसपछि काठमाडौं काठमाडौं आएका हुन् ।