जनता टाइम्स

७ बैशाख २०८०, बिहीबार १०:०५

चुनाव हार्ने निश्चित भएपछि भोट खरिदमा उत्रियो कांग्रेस


दमौली, बैशाख ७ । वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ मा हार निश्चित जस्तै बनेपछि नेपाली कांग्रेसका नेताहरु भोट खरिदमा उत्रिएका छन ।

सो निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले मतदाता प्रभावित पार्न व्यास(३ का आमाहरुलाई सम्मानका नाममा दोसल्ला दिँदै रुखमा भोट माग्नुभएको हो ।

मातातीर्थ औसीको अवसरमा बिहीबार भट्टराईले उक्त वडाका ज्येष्ठ महिलाहरुलाई दोसल्ला ओढाएर सम्मानको बहानामा भोट खरिद गरिएको हो । निर्वाचन आचारसंहिता विपरित कार्यक्रमको आयोजना गरी सम्मान भन्दै मतदाता प्रभावित गर्न खोजिएको हो ।

उक्त कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य शंकर भण्डारी लगायतको सहभागिता थियो । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले निर्वाचन आचारसंहिता लागु भए

काले त्यस्ता कार्य आचारसंहिता विपरित भएको बताए । ‘त्यस्तो काम गर्न पाइँदैन, उहॉहरुलाई नगर्नुस् भनेर भनिसकेका छौं,’ उनले भने ।