जनता टाइम्स

९ बैशाख २०८०, शनिबार १५:५४

नेकपा एसका चार दर्जन बढी नेतालाई साथमा लिएर एमालेमा समाहित भए मुकुन्द न्यौपाने


काठमाडौं, बैशाख ९ । नेकपा एकीकृत समाजवादी त्याग्नुभएका बरिष्ठ नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा समाहित हुनुभएको छ ।

नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बिशेष समारोहबीच नेता न्यौपाने दर्जनौं नेता–कार्यकर्तासहित नेकपा एमालेमा समाहित हुनुभएको हो ।

न्यौपानेलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गर्नुभयो । न्यौपानेसँगै नेकपा एसका केन्द्रीय कमिटी, सल्लाहकार कमिटी, केन्द्रीय आयोग, निकाय, प्रदेश कमिटी र जिल्ला कमिटीका गरी चारदर्जन भन्दा बढी नेताहरु एमालेमा समाहित हुनुभएको छ ।