जनता टाइम्स

१० बैशाख २०८०, आईतवार ११:२३

चुनावमा बदमासी गर्दा रंगेहात समातिए जसपाका नेता


बारा, बैशाख १० । एकैपटक मतपेटिकामा दुई वटा मतपत्र खसाउन खोजेपछि बारा क्षेत्र नम्वर २ को देवताल गाउँपालिका ७ स्थित जब्दी मतदान केन्द्रबाट जसपाका एक नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जसपा नेता रामसागर यादव रहनुभएको छ । यादव देवताल गाउँपालिकाका स्थानीय नेतासँगै जिल्ला समन्वय समितिको सदस्य हुनुहुन्छ । स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोज्दा पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।