काठमाडौं, बैशाख १० । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले आज पदभार ग्रहण गर्नुभएको छ ।
नेपालगञ्जमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष थेबेले महाधिवेशन सम्पन्न भएको ११ दिनपछि अध्यक्ष थेवेले आज पदभार ग्रहण गर्नुभएको हो ।
पदबहालीको क्रममा युवा संघका इञ्चार्जसमेत रहनुभएका एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, निवर्तमान अध्यक्ष किरण पौडेललगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो । सो क्रममा उहाँले युवा आन्दोलनलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।
‘नेपालका युवाहरूलाई कसरी हुन्छ अब राष्ट्र निर्माणमा अगाडि बढ्न जरुरी छ । एकमात्रै जिउँदो संगठन र सामाजिक न्याय र सुशासनको सदाबहादर उभिने सगठन युवा संघ नै हो,’ अध्यक्ष थेवेले भन्नुभयो ।
उहाँले युवा संघले युवा उद्यमीको पक्षमा लाग्ने जानकारी पनि दिनुभयो । राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तनको लागि पनि युवा संघ लाग्नुपर्ने भन्दै थेबेले युवाहरूको समृद्धि नभइ देशको विकास नहुने उहाँको भनाई थियो ।
उहाँले गठबन्धन सरकारले चेतना गुमाइसकेको भएकाले सुशासन र राष्ट्रियता कायम गरेर युवाहरूलाई आर्थिक क्रान्तिमा अगाडि बढाउन आवश्यक भएको पनि बताउनु भयो ।















प्रतिक्रिया दिनुहोस्