जनता टाइम्स

१० बैशाख २०८०, आईतवार १५:२६

रास्वपाले क्षमायाचना गरेपछि भरतपुर ११ स्थित किरण माविको मतदान सुचारु


चितवन, बैशाख १० । चितवन १ अन्तर्गत नयाँ किरण मावि भोजाङको मतदान केन्द्रमा रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेको छ । मतदानस्थलमा घण्टी बजाउँदै रास्वपाले नाराबाजी गरेपछि झडप भएको थियो ।

झडपका कारण स्थगित भएको मतदान सर्वदलीय सहमतिपछि सुचारु भएको छ । दलहरुबीच ४ बुँदे सहमति भएको छ । सत्ता साझेदार दल र नेकपा एमालेका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान राखेका थिए ।

बैठकमा रास्वपाले लिखित रुपमै क्षमायाचना गरेको हो ।