काठमाडौं, बैशाख १३ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलहरूले संसद्का समितिहरुलाई पूर्णता दिन ढिलाइ हुँदा संसदप्रति सरकार जिम्मेवार नभएको बताउनु भएको छ ।
बुधबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नुपर्ने र संसदमा उठेका विषयहरूमा मन्त्रीहरुलाई जवाफदेही बनाउनुपर्ने बताउनु भयो । सभामुख घिमिरेले त्यसका लागि आफ्नो तर्फबाट पूर्ण प्रयास भइरहेको समेत बताउनु भयो ।
‘तपाईंहरुले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेको छैन,’ सभामुख घिमिरले भन्नुभयो, ‘संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्छ । संसदमा उठेका कुराहरुमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेका छौं ।’













प्रतिक्रिया दिनुहोस्