काठमाडौं, बैशाख १४ । माओवादीका अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोधमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले त्रिचन्द्र र आरआर क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको थियो । जस अनुसार गृह मन्त्रालयले कार्यविधि नै तयार गरिसकेको छ । सो निर्णयको बिरोधमा अनेरास्वबियुले बिरोध प्रदर्शन गरेको हो ।
२०६३ मंसिर ५ गतेको विस्तृत शान्ति सम्झौतापछि माओवादी लडाकू र हतियार व्यवस्थापनका लागि संयुक्त राष्ट्रयसंघीय मिसन (अनमिन) नेपाल आएको थियो । उसले १९ हजार ६०२ जना लडाकूहरुलाई प्रमाणीकरण गरेको थियो भने ४ हजार ९ जनालाई ‘मापदण्डमा नपरेको’ भनी अलग गरेको थियो । अयोग्य ठहरिएका तिनै लडाकुहरुलाई मुलुकराहत दिने सरकारको निर्णयको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले माओवादीले यसअघि लडाकुका लागि लिएको रकमको हिसाब सार्वजनिक नगरेको, देशमा आर्थिक संकट बढ्दै जाँदा पनि त्यसलाई बेवास्ता गरेर आफ्ना कार्यकर्ता पोस्न लागेको भन्दै कडा आपत्ति जनाए ।













प्रतिक्रिया दिनुहोस्