इलाम, बैशाख १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशविरुद्ध आन्दोलनका क्रममा आफू र प्रहरीमाथिको भौतिक हमलामा प्रचण्ड र माधव नेपालका कार्यकर्ता संलग्न बताउनु भएको छ ।
एमाले इलाम जिल्ला अधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठक उद्घाटनका लागि इलाम जाने क्रममा पूर्वप्रधानमन्त्री ओलीलाई आन्दोलनकारीले अवरोध प्रयास गरेका थिए । त्यसक्रममा प्रहरी सुरक्षाकर्मी घाइते भएका छन् ।
अध्यक्ष ओलीले प्रहरीलाई हड्डी भाँच्ने क्रममा पक्राउ परेकाहरूको समर्थनमा माओवादी र नेकपा एसका नेताहरू छुटाउँछौ भन्दै गएको पनि बताउनु भयो । एमालेले सहनुको अर्थ कमजोर भएर होइन भन्दै प्रतिकार गर्नुपरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि अध्यक्ष ओलीले दिनुभएको छ ।

‘हामीमाथि र सुरक्षाकर्मीमाथिको हमलामा प्रचण्ड–माधवका कार्यकर्ता संलग्न छन । एमालेले सहनुको अर्थ कमजोर भएर होइन भन्दै प्रतिकार गर्नुपरेमा ठूलो मूल्य चुकाउनुपर्नेछ,’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्